भरुवा बन्दुकसहित एक जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरुवा बन्दुकसहित एक जना पक्राउ


२३ बैशाख २०७९, शुक्रबार


वीरगन्ज । भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ ।

प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए ।

सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मङ्गलबहादुर ब्लोनको घर लक्षित गरी बिहीबार राति महतोले बन्दुकबाट तीन राउन्ड गोली प्रहार गरेको प्रहरीको आरोप छ ।

गोली प्रहार गर्नुको यकिन कारण खुल्न नसके पनि चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घरभित्र रहेको चामलको बोरामा कटुवा गोलीको टुक्रा भेटिएको थियो ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस