अफगानिस्तानमा चरम भोकमरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानमा चरम भोकमरी


२३ बैशाख २०७९, शुक्रबार


काबुल । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् ।

त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।

करिब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकासिएको छ ।

अफगान अखबारको रिपोर्टले विश्व बैङ्कको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६,१३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ ।

विश्लेषकहरूले औँल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि इद-उल-फित्र (संसारभरका मुस्लिमहरूले इद-उल-फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठुलो सङ्घर्षपूर्ण रह्यो ।

इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ ।

अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ ।

जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस