लमहीबाट हतियारसहित दुई जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लमहीबाट हतियारसहित दुई जना पक्राउ


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । प्रहरीले दाङको लमहीबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु विक र रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय रुक्मान सुनार (कमल) लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरूलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी नियन्त्रणमा लिएको हो।

विकको साथबाट पेस्तोल आकारमा निर्माण गरिएको हतियार बरामद भएको छ। उक्त हतियार उनले भारतबाट ल्याएको खुलेको छ।

उनका फुपाजु रूक्मान सुनार लमहीमा ग्यारेज चलाउँछन्। विक कहिले अभिभावकसँग भारत त कहिले फुपाजुसँग लमहीमा बस्ने गरेका छन्।

यसबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस