जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक(एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

एकदिवसीय खेलका लागि नेपाली टिममा केही परिवर्तन समेत गरिएको छ । कप्तान सन्दीप लामिछानेसँगै स्पीनरद्वय सागर ढकाल र सुशन भारी पहिलो रोजाइमा खेल्दै छन् । यस्तै फास्ट बलरमा सोमपाल कामी र करण केसी नै निरन्तर छन् । अलराउण्डरको रूपमा आदिल अन्सारी छन् ।

ओपनसङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् भने आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल मिडल अर्डरमा छन् ।

विनोद भण्डारी, देव खनाल, विक्रम सोब र किशोर महतो बेन्चमा छन् । सुनिल धमला भने टिम लिस्टमा पनि अटाएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस