पर्साको सखुवाप्रसौनीमा गोली चल्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्साको सखुवाप्रसौनीमा गोली चल्यो


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा आज राति करिब साढे ९ बजेतिर गोली चलेको हो ।

स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मङ्गल बहादुर ब्लोनको घरको धानको भकारीमा गोलीको अगाडिको भागले लागेको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गोली कसले र किन चलायो भन्ने नखुलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

‘घटनास्थलमा गोलीजस्तै फलामको टुक्रा भेटिएको छ । चामलको बोरामा प्वाल परेको रहेछ । राजनैतिक हैसियत भएको मान्छे पनि हैन सामान्य परिवार छ,’ डिएसपी खनालले भने, ‘अनुसन्धान भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस