निर्वाचनपछि काँग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचनपछि काँग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा


२२ बैशाख २०७९, बिहिबार


नवलपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचन पछि काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

पहिलो दल बन्नकै लागि स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेको भन्दै उनले अबको निर्वाचनबाट काँग्रेस सबै भन्दा ठुलो दल बन्ने दाबी गरे ।

तालमेलबाट शक्ति सञ्चय गर्ने र तिनै तहको निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बदल्ने सपनाका साथ अगाडि बढेको उनको भनाइ थियो ।

नेपाली काँग्रेस हुप्सेकोट गाउँपालिकाले बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले तालमेलका विषयमा निराश नभई ऊर्जाका साथ चुनावी अभियानमा लाग्न आग्रह पनि गरे ।

२०७४ को स्थानीय तह निर्वाचनबाट नेकपा एमालेले सरकार चलाउने जिम्मेवारी पाए पनि पूरा गर्न नसकेको स्मरण गराउँदै शर्माले भने, ‘काँग्रेस चाहेर होइन बाध्यताले सरकारमा गएको हो । पटक पटक संसदविघटन भयो, काँग्रेसलाई ल्याएर सरकार सुम्पेपछि हामी बाध्य भएका हौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस