यो गठबन्धनलाई १०/१५ वर्षसम्म लैजान सकिन्छ : प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यो गठबन्धनलाई १०/१५ वर्षसम्म लैजान सकिन्छ : प्रचण्ड


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताएका छन् ।

भरतपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रको आवश्यकतालाई ध्यान दिएर पाँच दलीय गठबन्धन बनाएको भनाइ दोहोर्‍याए ।

अध्यक्ष दाहालले गठबन्धनको भविष्य भरतपुरको चुनावी नतिजाले निर्धारण गर्न सक्ने बताएका छन् । उनले भने, ‘यो गठबन्धनलाई १०–१५ वर्षसम्म लैजान सकिन्छ । चितवनवासी जनताको हातमा फैसला गर्ने बेला आएको छ । रेनु दाहालसहित टिमलाई विजयी गराउनुभयो भने म निकै उत्साहित हुनेछ ।’

उनले गठबन्धनको नेता कार्यकर्ताहरूको यो चुनाव अग्निपरीक्षा रहेको बताए । उनले भने, ‘म नेता कार्यकर्तालाई पनि भन्न चाहन्छु, दीगोरुपमा गठबन्धन बनाउन दिनुहुन्छ कि प्रचण्डलाई टेन्सन दिन चाहनुहुन्छ तपाईँहरूको हातमा छ ।’

दाहालले भरतपुरमा कुशासनको कुनै गन्ध आउन नदिई कन धेरै कार्यहरूमा रेकर्ड भएको उनले बताए । ‘रेनुको म बुवाको नेताले गर्व गर्ने कुरा त छँदै छ । पार्टीको र परिवर्तनको नेताको हिसाबले पनि भरतपुरमा राम्रा काम भएको छ । चितवनवासीले गर्व गर्नुभएको छ । मलाई विश्वास छ, आजको दिनदेखि चितवनमा नयाँ लहर सुरु हुन्छ । यो जित अभूतपूर्व जितको रूपमा आउनेछ,’ दाहालले भने ।

गठबन्धनको बारेमा चुनाव चिह्नको विषयलाई लिएर नकारात्मक कुराहरू फैलाएको पनि उनले बताए । ुतपाईंहरुले रुख र हँसिया हथौडा चिह्नको कुरा गर्नुभएको छ । रुखवालाले हँसिया हथौडालाई भोट हाल्न धेरै गाह्रो भएको देखेँ मैले । सपना ठुलै देखिएको थियो । गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने भनेको देखिएको थियो । व्यवहारमा सहज देखिन,’ दाहालले भने,‘२०४६ सालको जनआन्दोलन,२०६३ सालको जनआन्दोलन र नेपालमा विस्तृत शान्ति सम्झौतामा हँसिया हथौडा र रुखको सहकार्य थिएन ?’

दाहालले सहमति, सहकार्य, एकता आजको आवश्यकता भएको बताए । उनले गठबन्धन तोड्नमा विगतमा अनेक खाले षड्यन्त्र भएको बताए । कहिले एमसीसीको लागि कहिले केका लागि भन्दै गठबन्धन तोड्ने प्रयास भएको उनले बताए । हरेक सङ्कटलाई टारेर ल्याइएको गठबन्धन स्वाभाविक र प्राकृतिक भएको दाहालको भनाइ थियो । उनले सबैको साथ सहयोग भयो भने गठबन्धन धेरै परसम्म जान सक्ने र देश दुर्घटनामा पर्ने खतरा पनि टर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस