स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सकियो : निर्वाचन आयोग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सकियो : निर्वाचन आयोग


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ ।

आज (बिहीबार) आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यसको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी पन दिए ।

उनले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको बताए ।

प्रवक्ता पौडेलले मतदानका लागि खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्यरुपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको पनि जानकारी उनले गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस