सुर्खेतमा पाँच स्वतन्त्र उम्मेदवारले गरे काँग्रेसलाई समर्थन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतमा पाँच स्वतन्त्र उम्मेदवारले गरे काँग्रेसलाई समर्थन


२२ बैशाख २०७९, बिहिबार


वीरेन्द्रनगर । सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले काँग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।

उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच स्वतन्त्र उम्मेदवारले नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेका हुन् ।

भेरीगङ्गा नगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले काँग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।

त्यस्तै काँग्रेसका उम्मेदवारलाई समर्थन गर्दै भेरीगङ्गा नगरपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवार मनबहादुर पुनमगर र टोपबहादुर आलेले विज्ञप्ति जारी गरेका छन् ।

आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नभए पनि काँग्रेसका उम्मेदवारलाई आफ्नो समर्थन रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस