निर्वाचन आचारसंहिता उलङ्घन : आजसम्म ३७ व्यक्ति र दलसँग स्पष्टीकरण माग « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

निर्वाचन आचारसंहिता उलङ्घन : आजसम्म ३७ व्यक्ति र दलसँग स्पष्टीकरण माग


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले आज (बिहीबार)सम्म निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरी र आरोपका आधारमा ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जनाएको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

‘हालसम्म स्पष्टीकरण मात्र मागिएको छ,’ उनले भने,‘जवाफबारे अध्ययन गर्दैछौँ । चित्तबुझ्दो नआए र निर्वाचन आचार संहिता २०७८ को प्रतिकूल आएर कारबाही हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस