एआईजी विश्वराजको रिटमा अन्तरिम आदेश आएन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एआईजी विश्वराजको रिटमा अन्तरिम आदेश आएन


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले आइजिपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिई कारण देखाऊ आदेश मात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।

अदालतको यो आदेशसँगै नवनियुक्त आइजिपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस