२२३८ अङ्कमा झऱ्यो नेप्से, सबै सूचक घटे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२२३८ अङ्कमा झऱ्यो नेप्से, सबै सूचक घटे


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से २२३८ अङ्कमा झरेको छ । बजारको यो अङ्क २०७७ पुसयताकै न्यून विन्दु हो ।

बिहीबार ३७ अङ्कले नेप्से घटेको हो । कुल १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन १ अर्ब २६ करोडको कारोबार भएको थियो । कुल ५ कम्पनीको मूल्य मात्रै बढ्यो भने ३ को स्थिर र १८८ को घट्यो ।

सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ १६, विकास बैङ्क ८८, फाइनान्स ४८, होटल तथा पर्यटन ५९, जलविद्युत् ६६, जीवन बीमा २६०, उत्पादन ५६, लघुवित्त ७३, निर्जीवन बीमा २६५, अन्य २० र व्यापार उपसमूह ४९ अङ्कले घटे ।

जल्पा सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै घलेम्दी हाइड्रोको सबैभन्दा धेरै ६।८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सूर्या लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैङ्क, नबिल, हिमालयन डिस्टिलरी र अरुणभ्याली हाइड्रोपावर कम्पनी क्रमश: अगाडि रहे । बजारको पुँजीकरण (सूचीकृत धितोपत्रको कुल मूल्य) ३१ खर्ब ८४ अर्बमा झरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस