आयुक्तलाई दुर्व्यवहार गरेको भन्दै एसपी फिर्ता लैजान आयोगको गृहलाई पत्राचार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आयुक्तलाई दुर्व्यवहार गरेको भन्दै एसपी फिर्ता लैजान आयोगको गृहलाई पत्राचार


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा। जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यवहार गरेको आयोग स्रोतले बतायो ।

‘बुधबार अपराह्न आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्कियो । त्यसपछि एसपीले गालीगलौज गर्दै अभद्र व्यवहार गर्नुभयो । आयुक्तमाथि अशोभनीय व्यवहार भयो । यो घटना हुनासाथ तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिसकेको छ, ’ आयोग स्रोतले भन्यो ।

निर्वाचन आयोगले घटनाको छानबिन गर्न समेत गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस