गठबन्धनका उम्मेदवारको प्रचारमा लाग्न नेविसंघको परिपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धनका उम्मेदवारको प्रचारमा लाग्न नेविसंघको परिपत्र


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीका उम्मेदवार र तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन परिचालन हुन निर्देशन दिएको छ ।

वडाका प्रत्येक बुथमा जतिसक्दो उल्लेख्य सङ्ख्यामा युवा विद्यार्थीहरूलाई स्वयंसेवकका रूपमा निर्वाचनमा परिचालन हुन नेविसंघले परिपत्र गरेको हो ।

मतदातालाई परेको असुविधा र अस्पष्टताको निराकरणका लागि आवश्यक सहयोग पुर्‍याउन सङ्घका अध्यक्ष दुजाङ शेर्पाले निर्देशन गरेका छन् । साथै, विपक्षी प्रतिस्पर्धी राजनीतिक दलका विद्यार्थी सङ्गठनको चुनावी रणनीतिको ख्याल गर्न पनि सुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस