अध्यक्ष ओलीले आज कैलाली र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अध्यक्ष ओलीले आज कैलाली र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्दै


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम जान लागेका छन् ।

कैलाली र कञ्चनपुरमा हुन लागेको एमालेको चुनावी सभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम जान लागेका हुन् ।

आज एकै दिन कैलाली र कञ्चनपुरका तीन स्थानमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

११ बजे कैलालीको बर्दगोरीया गाउँपालिकामा १ बजे कञ्चनपुरको बेलौरी नगरपालिकामा र ३ः३० बजे कैलालीको धनगढी उपमहानगरपालिकामा हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भले जानकारी दिए ।

चुनावी आमसभालाई सम्बोधन गर्न ओली अध्यक्ष भएपछि पहिलो पटक कैलाली र कञ्चनपुर जान लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस