कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नवौँ अधिवेशनको अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । नवौँ अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ । अधिवेशनको १७ औँ बैठक गएको चैत्र २१ गते सोमबार बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस