निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन गृहमन्त्री खाँण राजविराजमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन गृहमन्त्री खाँण राजविराजमा


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान सप्तरी पुगेका छन् ।

निर्वाचन सुरक्षाबारे आज बिहान ११ बजे राजविराजमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहने छ ।

विराटनगरबाट बिहानै सप्तरी पुगेका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेका थिए । त्यसपछि उनले स्थानीय काँग्रेसका उम्मेदवार र पार्टी कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस