अदालतबाट २४ लाख ५९ हजार जरिवाना ठहर भएका सुवाल पक्राउ « प्रशासन
Logo १४ आश्विन २०७९, शुक्रबार
   

अदालतबाट २४ लाख ५९ हजार जरिवाना ठहर भएका सुवाल पक्राउ


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र २४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ सुवालले आफ्नो एनआइसी एसिया बैङ्क लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैङ्किङ कसुर गरेका थिए ।

पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस