अर्थतन्त्रका सबै क्षेत्र राष्ट्र बैङ्कले हेर्दैन : गभर्नर अधिकारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अर्थतन्त्रका सबै क्षेत्र राष्ट्र बैङ्कले हेर्दैन : गभर्नर अधिकारी


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैङ्कले नहेर्ने बताएका छन् ।

चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले आज (बुधबार) आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र भनेको नै राष्ट्र भनेर बुझ्नु गलत भएको बताए ।

अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्र मात्रै राष्ट्र बैङ्कले हेर्ने उनले बताएका हुन् ।

‘अर्थतन्त्र भनेको राष्ट्र बैङ्क, राष्ट्र बैङ्कको अर्थतन्त्र भन्ने हिसाबले बुझ्ने गरेको पाइन्छ, त्यो होइन’ उनले भने, ‘रियल सेक्टर छ, एक्सटरनल सेक्टर छ साथै फिस्कल र मनिटरी सेक्टर छ, अन्तिमको पार्ट मात्रै हाम्रो हो ।’

गभर्नर अधिकारीले चार वटा क्षेत्रहरुको छुट्टै भूमिका भएको र चार क्षेत्रबीच समन्वय भने हुने गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस