नेप्से फेरि २३ सयमुनि झर्‍यो, सबै उपसमूहका सूचकमा गिरावट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेप्से फेरि २३ सयमुनि झर्‍यो, सबै उपसमूहका सूचकमा गिरावट


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से साढे ४ महिनापछि फेरि २३ सय अङ्कभन्दा तल झरेको छ ।

यसअघि गत मंसिर २७ गते परिसूचक २३ सयमुनि झरेको थियो । बुधबार ३१.७६ अङ्क घटेसँगै नेप्से २२७५ अङ्कमा कायम भएको छ । दिनभर कुल १ अर्ब २६ करोड रुपैयाँको कारोबार भयो ।

बुधबार सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ १३, विकास बैङ्क ८७, फाइनान्स ३४, होटल तथा पर्यटन ४०, जलविद्युत् ५९, जीवन बीमा २८६, उत्पादन ४४, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २१०, अन्य ३१ र व्यापार उपसमूह ४३ अङ्कले घटे । कुल १५ कम्पनीको मूल्य बढ्यो ।

१७७ कम्पनीको मूल्य घट्दा ४ को भने स्थिर रह्यो । जल्पा सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ भने ग्रीनभेन्चरको सबैभन्दा धेरै ९.३६ प्रतिशत घटेको छ ।

अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, नबिल बैङ्क, टेलिकम र निफ्रा कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस