नेपालको अर्थतन्त्र होइन, शासकीय चरित्र श्रीलङ्काको जस्तो छ : वाग्ले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालको अर्थतन्त्र होइन, शासकीय चरित्र श्रीलङ्काको जस्तो छ : वाग्ले


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलङ्काको जस्तै रहेको बताएका छन् ।

बुधबार (आज) नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. वाग्लेले नेपाल र श्रीलङ्काबिचमा केही समानता रहेको र त्यो शासकीय स्वरूपसँग बढी सम्बन्धित रहेको बताएका छन् ।

अर्थतन्त्रको प्रवृत्ति भने फरक फरक रहेको उनले उल्लेख गरे । डा. वाग्लेले अघिल्लो साता श्रीलङ्काको संसदमा त्यहाँका अर्थतन्त्र उकास्ने उपायबारे विशेष छलफलमा भाग लिएका थिए ।

शासकहरूले हचुवाको भरमा लिने नीतिका कारण अर्थतन्त्र समस्यामा पर्ने भन्दै श्रीलङ्काले त्यस्तै गरेका कारण सो मुलुक टाट पल्टेको उनले बताए । यसमा करमा दरहरूमा बिना अध्ययन चलाउनेदेखि लोकप्रिय हुन लिएका कतिपय नीतिले भूमिका खेलेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस