म्यादी प्रहरीको पोसाक लगाएर भिडियो बनाउने कपिलवस्तुका किशोर पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

म्यादी प्रहरीको पोसाक लगाएर भिडियो बनाउने कपिलवस्तुका किशोर पक्राउ


२१ बैशाख २०७९, बुधबार


कपिलवस्तु । म्यादी प्रहरीको पोसाक लगाएर भाइरल भिडियो बनाउने किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले खिचेको भिडिओमा भनेका छन्,‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’

रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोसाक लगाएर भिडियो बनाएको खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस