निर्वाचनमा उम्मेदवारको मुख होइन रुख हेरेर मत दिनुहोला : विश्वप्रकाश शर्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचनमा उम्मेदवारको मुख होइन रुख हेरेर मत दिनुहोला : विश्वप्रकाश शर्मा


प्रशासन संवाददाता

२१ बैशाख २०७९, बुधबार


विराटनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मुख नभएर रुख हेर्न मतदाताहरूलाई आग्रह गरेका छन् ।

विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले काँग्रेस भित्रको अन्तर द्वन्द्वप्रति लक्षित गर्दै भने, ‘काँग्रेस भित्रको गुट उपगुट भन्ने कुरा व्यवस्थापन आवश्यक छ । त्यसका लागि मुख हैन, रुख हेर्न पर्छ ।’

शर्माले चुनावी तालमेल अहिलेको आवश्यकता रहेकोमा पनि जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस