मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आयोगको आरोप छ ।

विशेष सूचनाको आधारमा अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा तिवारीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस