एमालेको घोषणापत्रमा अग्ला भवन र भ्यूटावर प्राथमिकतामा : महामन्त्री शर्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेको घोषणापत्रमा अग्ला भवन र भ्यूटावर प्राथमिकतामा : महामन्त्री शर्मा


२१ बैशाख २०७९, बुधबार


विराटनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर काँग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताएका छन् ।

बुधबार काँग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र काँग्रेसको घोषणापत्रको तुलना गरेका हुन् ।

उनले भने, ‘एमाले र काँग्रेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाईँ रोज्न सक्नुहुन्छ । एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, काँग्रेसको घोषणापत्रमा तपाईँले आफूलाई देख्नुहुन्छ, तपाईँको आमा उभिएको देख्नुहुन्छ, भाइ, बहिनी वा बाबा उभिएको देख्नुहुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस