गोरखामा माओवादी र जसपाबीच तालमेल, काँग्रेस भने असन्तुष्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गोरखामा माओवादी र जसपाबीच तालमेल, काँग्रेस भने असन्तुष्ट


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा) बिच चुनावी तालमेल गर्ने सहमति भएको छ।

सत्तागठबन्धनबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति अनुसार वैशाख १२ मा आ–आफ्नो हिसाबले दलहरूले उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी दर्ता र फिर्ताको समय सकिएपछि पनि चुनावी तालमेल भएका छन्।

गोरखा नगरपालिकामा मेयर माओवादीले राखेर उपमेयर जसपालाई दिने गरी चुनावी तालमेल भएको छ।

जसपा केन्द्रले काँग्रेससँग चुनावी तालमेल गर्न निर्देशन दिए पनि माओवादी र जसपाबीच तालमेल भएको हो।

मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा जसपाका नारायण खत्री रहने गरी तालमेल भएको छ।

यसअघि गोरखाकै गण्डकी गाउँपालिकामा पनि माओवादी र जसपाबीच तालमेल भएको थियो।

माओवादीले अध्यक्ष लिएर उपाध्यक्ष जसपालाई छाड्ने गरी तालमेल भएको थियो। माओवादीबाट अध्यक्षमा दीपक तिमिल्सिना (साकार) उम्मेदवार छन् भने जसपाबाट भीम श्रेष्ठ उपाध्यक्ष उम्मेदवार छन्।

०७४ मा गोरखा नगरपालिका र गण्डकी गाउँपालिका दुवै नेपाली काँग्रेसले जितेको थियो। यो सहमतिको पत्र बाहिरिएसँगै गोरखामा काँग्रेस दल भने असन्तुष्ट छ।

बाबुराम भट्टराईको गृह नगर पालुङटारमा काँग्रेसलाई मेयर उम्मेदवारबाट ‘ब्याक’ गराउन दबाब दिएर गोरखा नगरपालिकामा भने जसपा माओवादीसँग चुनावी तालमेल गरेको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस