पार्टी एकता गर्नेबारे राप्रपासँग अनौपचारिक कुरा भएको हो : रवीन्द्र मिश्र « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

पार्टी एकता गर्नेबारे राप्रपासँग अनौपचारिक कुरा भएको हो : रवीन्द्र मिश्र


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग केही समयअघि पार्टी एक बनाएर जानेबारे अनौपचारिक कुराकानी भएको बताएका छन्।

दुई पार्टी एक ठाउँमा आउन सके हस्तक्षेपकारी विन्दुमा पुग्न सकिन्छ भनेर छलफल गरिएको तर संवाद त्यसअघि अघि बढ्न नसकेको मिश्रले बताए।

‘राप्रपा र हामीबिच अनौपचारिक कुराकानी भएको हो। यदि दुई पार्टी एक ठाउँमा आउन सके हस्तक्षेपकारी विन्दुमा पुग्न सकिन्छ भनेर,’ चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘देश रूपान्तरण गर्न हस्तक्षेपकारी विन्दुमा त पुग्नुपर्छ। त्यही भएर केही संवाद भएको हो। त्यसपछि संवाद अघि बढ्न सकेन। हामी आ–आफ्नो ठाउँमा छौँ।’

उनले विचारमाथि देश दस्ताबेजमा स्थानीय तहलाई पुनसंरचना र सुदृढ गर्दै सङ्घीयता खारेजीका कुरा उल्लेख गरिएको बताए। ‘धर्म निरपेक्षताका बारेमा जनताका राय लिने भनेका छौँ। हामीले हिन्दु राष्ट्र र राजसंस्था भनेको छैन,’ उनले भने।

उनले स्वतन्त्र व्यक्ति निर्माण गरेर भन्दा पनि पार्टी नै राम्रो बनाएर देश रूपान्तरण गर्न सकिने बताए। उक्त कार्यक्रममा भरतपुर महानगरमा पार्टीबाट मेयर उठेका प्रवीन काफ्लेले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस