एमाले अछामद्वारा बागी उम्मेदवारसहित १४ जना पार्टीबाट निष्कासित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले अछामद्वारा बागी उम्मेदवारसहित १४ जना पार्टीबाट निष्कासित


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

साँफेबगर नगरपालिका– ६ मा वडाध्यक्षका बागी उम्मेदवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरि, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, सोही नगरपालिका-१ मा वडा सदस्य पदका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्क विरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रप्रसाद धमला, मङ्गलसेन नगर कमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका-५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका-९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस