काँग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते, चार जना भरतपुर रिफर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते, चार जना भरतपुर रिफर


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएको छ ।

झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरूको टाउकोमा चोट लागेको छ ।

चुनाव प्रचारमा नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि काँग्रेसको तर्फबाट उम्मेदवार छिन् ।

एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस