एमालेबाट उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमालेबाट उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ। ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनि) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

उनी विरुद्ध भक्तपुर जिल्ला अदालतले बैङ्किङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोज बिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई पक्राउ पुर्जी पठाएको डिएसपी शुकदेव खनालले जानकारी दिए ।

लिखु गाउँपालिका–९ (साबिकको पोकली गाविस) घर भएका उनी विरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि काँग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस