आज आइजिपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज आइजिपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ हुँदै


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको पहिलो सुनवाइ आज हुँदै छ ।

गएको सोमबार पोखरेलले आइजिपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुन विपरीत रहेको रिटमा उल्लेख गरेका छन् ।

पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए । आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिंहलाई आइजिपी नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस