आइपिएल : गुजरातको दोस्रो हार, शीर्ष स्थान भने कायमै, आज बैंलोर र चेन्नई भिड्दै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आइपिएल : गुजरातको दोस्रो हार, शीर्ष स्थान भने कायमै, आज बैंलोर र चेन्नई भिड्दै


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । इन्डियन प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले दोस्रो हार व्यहोरेको छ।

मुम्बईमा गएराति भएको खेलमा गुजरात पन्जाब किङ्ससँग ८ विकेटले पराजित हुँदै जारी लिगको १० खेलबाट दोस्रो हार व्यहोरेको हो।

गुजरातले दिएको १४३ रनको मध्यम लक्ष्य पन्जाबले १६ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

पन्जाबका लागि शिखर धवनले अर्धसतकीय इनिङ्स खेले। ५३ बल खेलेका धवनले ८ चौका र १ छक्कासहित ६२ रनमा नटआउट रहे। यस्तै भानुका रापाक्षेले २८ बलमा ४० रन बनाउँदा लियाम लिभिङस्टोनले अविजित ३० रन बनाए।

गुजरातका लागि मोहम्मद सामी र लक्की फर्गुसनले समान १–१ विकेट लिए।

यसअघि डिवाई पाटिल स्पोर्ट एकेडेमी, मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

उसका लागि साई सुदर्शनले अर्धसतकीय इनिङ् खेले। अविजित ६५ रन बनाउने क्रममा साईले ५० बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रिद्दिमान शाहले २१ रन जोड्दा डेभिड मिलर र राहुल टेवाटियाले समान ११–११ रन जोडेका थिए। बाँकी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

पन्जाबका लागि कागिशो रबाडाले सर्वाधिक ४ विकेट लिए। अर्सदीप सिंह, ऋषि धवन र लियाम लिभिङस्टोनले समान १–१ विकेट लिए।

यो जितसँगै पन्जाबले १० खेलबाट १० अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। जारी प्रतियोगितामा दोस्रो हार भोगेको गुजरात १० खेलबाट १६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ।

आज पुणेमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंलोर र चेन्नई सुपर किङ्स भिड्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस