निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग


२० बैशाख २०७९, मंगलबार


मकवानपुर । हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग गरेको छ ।

हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको समाचार र उजुरीका आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

उनीहरूको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा आवश्यक कारवाहीका लागि पठाइने छ । त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने गरी हटाउने निर्णयसमेत भएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।

साथै फेसबुकमा राजनीतिक दलको प्रचार गर्ने कर्मचारीसँग जवाफ मागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस