राष्ट्र बैङ्कको निर्देशनमा खुल्न थाले आयात रोकिएका वस्तुको एलसी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्र बैङ्कको निर्देशनमा खुल्न थाले आयात रोकिएका वस्तुको एलसी


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरूको प्रतीत पत्र (एलसी) खुल्न थालेको छ ।

केन्द्रीय बैङ्कको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरूको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैङ्क तथा व्यापारीहरूले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैङ्कको मौखिक निर्देशनमा रोकिएको एलसी नियमित भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत हप्ताको अन्त्यतिरबाट सुन आयातको एलसी खुलेको महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

बन्दपछि खोलिएको एलसीको सुन आउन भने अझै केही दिन लाग्ने पनि अध्यक्ष शाक्यले बताए ।

नेपाल इम्पोटर्स एसोसिएसनले पनि सरकारले तोकेको १० प्रकारबाहेकका अन्य वस्तुको आयातको एलसी खुलेको जनाएको छ । करिब ३ सय प्रकारका शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएका वस्तुको आयात एलसी खुलेको सङ्घका वरिष्ठ उपाध्यक्ष एसबी ढकालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस