जुम्ला ७६ हजार मतपत्र आइपुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जुम्ला ७६ हजार मतपत्र आइपुग्यो


२० बैशाख २०७९, मंगलबार


जुम्ला । स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ७६ हजार थान मतपत्र आइपुगेको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार जुम्लाका मतदान स्थलका लागि उक्त संख्यामा मतपत्र आइपुगेको हो ।

मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार १५२ प्याकमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको जानकारी दिए ।

नेपाली सेनाको नन्द बक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट स्टकटिङ गरेर मतपत्र ल्याएर मुख्य निर्वाचन कार्यालय जुम्लामा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस