सांघाइमा घटे कोरोना भाइरसका संक्रमित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित


२० बैशाख २०७९, मंगलबार


सांघाइ । चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् ।

अधिकारीहरुले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय संक्रमित भने रहेका बताएका छन् ।

यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो ।

यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस