आइपिएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइपिएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ ।

गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।

गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई सात विकेट हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस