माओवादीद्वारा प्रदेश १ मा बागी उम्मेदवारी दिनेलाई कारबाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादीद्वारा प्रदेश १ मा बागी उम्मेदवारी दिनेलाई कारबाही


२० बैशाख २०७९, मंगलबार


विराटनगर । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिनेलाई कारबाही गरेको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो ।

ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।

कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् ।

त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस