मुख्यमन्त्री शाहीद्वारा इदको शुभकामना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री शाहीद्वारा इदको शुभकामना


२० बैशाख २०७९, मंगलबार


कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले कर्णालीवासीलगायत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र भातृत्व अभिवृद्धि भई इदले सम्पूर्ण मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गराउने उत्प्रेरणा सबैमा जगाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्य हो । मुलुकमा रहेका अनेकौँ, जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ । संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।’

इदले नेपालीहरुबीच राष्ट्रियता एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा पैदा गरोस् भन्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना प्रदान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस