बन्धक बनाएर १२ बर्सिया बालिकामाथि बलात्कार, आरोपी ३ महिनापछि पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बन्धक बनाएर १२ बर्सिया बालिकामाथि बलात्कार, आरोपी ३ महिनापछि पक्राउ


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–९ बाट बालिकालाई अपहरण गरेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २०७८ माघ १० मा १२ बर्सिया बालिका अपहरणमा परेकी थिइन् । उनलाई त्यहाँबाट काठमाडौँमा ल्याएर बन्धक बनाएको अवस्थामा माघ २० मा प्रहरीले उद्धार गरेको थियो ।

बन्धक बनाएर बलात्कारमा संलग्न रौतहटको कटहरिया नगरपालिका–७ घर भएका २० वर्षीय अफरोज अन्सारीलाई पक्राउ गरेको छ । वैशाख १७ मा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताए । आरोपीले बालिकालाई बारा र काठमाडौँमा पटक पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कलैया–९ स्थित साथीको घरमा जाने क्रममा युवकले ती बालिकालाई अपहरण गरेका हुन् । आरोपीमाथि अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस