अमेरिकासँगको सम्बन्धप्रति साउदी अरबद्धारा असन्तुष्टि व्यक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकासँगको सम्बन्धप्रति साउदी अरबद्धारा असन्तुष्टि व्यक्त


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । साउदी अरबले अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेको छ । साउदी अरेबियाको शाही परिवारका सदस्य राजकुमार तुर्की अल-फैसलले हुथी विद्रोहीको आक्रमण र अन्य सुरक्षा चुनौतीहरूमा अमेरिकाको अडानले आफ्नो देशलाई निराश तुल्याएको बताएको रोयटर्स समाचार एजेन्सीको समाचार छ । राजकुमार तुर्की पूर्व गुप्तचर प्रमुख थिए।

जमाल खशोग्गीको हत्यापछि अमेरिकासँग साउदी अरबको सम्बन्ध बिग्रिएको थियो । खशोग्गीको हत्या साउदी एजेन्टले गरेका थिए । अहिले यमन युद्धका कारण पनि यी दुईबिचको सम्बन्ध बिग्रँदै गएको छ ।

साउदी नेतृत्वको गठबन्धनले सात वर्षदेखि हुथी विद्रोहीसँग लड्दै आएको छ। पछिल्लो समय साउदी अरब रुसतर्फ झुकेको देखिन्छ । युक्रेनमाथि हमला गरेपछि अमेरिका, युरोपेली सङ्घ र अन्य देशले रुसमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाए पनि संयुक्त अरब इमिरेट्सले रुसमाथि अहिलेसम्म कुनै प्रतिबन्ध लगाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस