विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीले चलायो गोली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीले चलायो गोली


१९ बैशाख २०७९, सोमबार


विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ ।

सोमबार दिउँसो सीमा क्षेत्रमा सुरक्षा बलका जवानले गोली चलाएका हुन् । प्रहरी स्रोतका अनुसार अनुसार तीन राउण्ड फायर भएको थियो ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको स्थानीयले बताए ।

दसगजा नजिक होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको स्थानीयको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस