शशाङ्कको अभिव्यक्तिले निर्वाचन आचारसंहितामाथि अनास्था फैलिएको भन्दै आयोग सचेत गरायो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शशाङ्कको अभिव्यक्तिले निर्वाचन आचारसंहितामाथि अनास्था फैलिएको भन्दै आयोग सचेत गरायो


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले काँग्रेस नेता शशाङ्क कोइरालालाई निर्वाचन आचारसंहितामाथि अनास्था फैलाएको भन्दै सचेत गराएको छ ।

कोइरालाले सार्वजनिक रूपमा प्रतिनिधिसभाको अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि आयोगले उनलाई पत्र काट्दै स्पष्टीकरण सोधेको थियो ।

कोइरालाले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम पेस गरेको निर्वाचन खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका थिए । तर उनले त्यसभन्दा बढी खर्च भएको बताएपछि आयोगले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणमा पनि चित्तबुझ्दो जवाफ नपाएपछि आयोगले कोइराला र उनको दल काँग्रेसलाई सचेत गराउने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस