१९ करोड बढी मागदाबीसहित दुई जना विरुद्ध मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१९ करोड बढी मागदाबीसहित दुई जना विरुद्ध मुद्दा दायर


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागले १९ करोड बढी माग दाबी सहित दुई जना विरुद्ध मुद्दा दायर गरेको छ ।

एभरेस्ट यति इन्टरनेशनल प्रा. लि.का सञ्चालक दीपक कुमार देउजा र अचला थापा देउजाले राजस्व चुहावट गरेको आरोपमा विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले भक्तपुर, सूर्य विनायक नगरपालिका-१० का सञ्चालक दीपक र अचलासमेत दुई जनाविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा १९ करोड ३४ लाख ६५ हजार एक सय २० रुपैयाँ असुल गरी जरिवाना र कैद सजाय मागवादी लिई मुद्दा दायर गरेको हो ।

यी सञ्चालकले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरू बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस