दाङमा मतपत्र आइपुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दाङमा मतपत्र आइपुग्यो


१९ बैशाख २०७९, सोमबार


देउखुरी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् ।

यस्तै २०७४ सालपछि थपिएका मतदाताको परिचयपत्र पनि मतपत्रसँगै निर्वाचन आयोगले पठाएको निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस