दक्षिण कोरियामा २४ घण्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दक्षिण कोरियामा २४ घण्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित


१९ बैशाख २०७९, सोमबार


सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घण्टामा २० हजार भन्दा बढी देखिएका छन् ।

पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ ।

गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ ।

अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो । अघिल्लो दिन अर्थात् शनिबार यहाँ ३७ हजार ७०० भन्दा केही बढी संक्रमित थिए ।

योसँगै यहाँका संक्रमितहरुको संख्या १ करोड ७२ लाख जना पुगेको बताइएको छ ।

पछिल्लो समयमा देखिएका मध्ये स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमितहरु देखिने गरेका थिए ।

अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस