जावलाखेल-पुल्चोक खण्डमा चल्ने सवारी साधनलाई डाइभर्सन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जावलाखेल-पुल्चोक खण्डमा चल्ने सवारी साधनलाई डाइभर्सन


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण जावलाखेलबाट पुल्चोक आऊ-जाऊ गर्ने सबै प्रकारका सवारी साधनहरुलाई डाइभर्सन गरिएको छ ।

सवारी साधनहरुलाई झम्सीखेल हुँदै सुजुकी मोड तथा कानदेवता स्थान आऊ-जाऊ गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाका अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको महाशाखाले जनाएको छ ।

हिजो (आइतबार) रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको थियो । रथारोहणसँगै अहिले दर्शनार्थीको भीड लागेको छ ।

मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा सुरु भएको मानिन्छ । रातो मच्छिन्द्रनाथको रथ २१ गते पुल्चोकबाट गाबहाल तान्ने कार्यक्रम छ ।

नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष साङ्केतिक रुपमा मात्र गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस