आइपिएल : धोनीले कप्तानी सम्हालेपछि चेन्नाईको पहिलो जित, हैदरावाद १३ रनले पराजित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आइपिएल : धोनीले कप्तानी सम्हालेपछि चेन्नाईको पहिलो जित, हैदरावाद १३ रनले पराजित


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ ।

महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईले जितेको यो पहिलो म्याच हो । यसअघि आठ खेलमध्ये चेन्नाईले दुई खेल मात्रै जितेको थियो ।

टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो विकेटका लागि रेकर्ड साझेदारीको मद्दतमा चेन्नाईले २०२ रनको योगफल बनाएको थियो । २०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।

हैदरावादको सुरुवात राम्रो थियो । सुरुवाती ६ ओभरमा लगभग १० को औसतमा रन बटुलेको थियो । यसै ओभरको अन्तिम बलमा अभिषेक शर्मा ३९ रन बनाएर आउट भए ।

हैदरावादका लागि निकोलस पुरनले ३३ बलमा अविजित ६४ रन बनाए । अन्तिम ओभरमा उनले ३ छक्का र एक चौकाको मद्दतमा २३ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नाईका मुकेश चौधरीले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईका लागि ऋतुराज गायकवाडले ९९ रन बनाए । यसैगरी डेभोन कोनवेले अविजित ८५ रन बनाए । दुवैले पहिलो विकेटका लागि १८२ रनको साझेदारी गरे । चेन्नाईका लागि आइपिएलमा पहिलो विकेटका लागि भएको साझेदारीको यो नयाँ रेकर्ड हो । गायकवाड प्लेयर अफ द म्याच भए ।

ऋतुराजपछि कप्तान धोनी पिचमा आए तर उनी ८ रन मात्रै बनाएर आउट भए । रवीन्द्र जडेजा १ रन मात्रै जोडे । बलिङतर्फ हैदरावादका टी नटराजनले २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस