दोस्रो टी-ट्वान्टीमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दोस्रो टी-ट्वान्टीमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज सोमबार (आज) पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले दोस्रो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बिचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।

जिम्बावे भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । र, जिम्बावे सिरिज आफ्नो बनाउन चाहन्छ ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस