सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि पूरा हुँदै भोलिबाट अवकाशमा जाने भएसँगै अतिरिक्त महानिरीक्षक अर्याललाई बढुवा गरिएको हो ।

गत वैशाख ४ गते एआईजी बढुवामा सिफारिस भएका अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी चिह्न पाइसकेका थिए । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् । प्रहरी महानिरीक्षकको कार्यकाल ४ वर्षको रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस